जापानमा २१ वटा भूकम्पले ल्यायो विनाश
जापानमा २१ वटा भूकम्पले ल्यायो विनाश, ३४ हजार घर अन्धकारमा डुबे, अहिले सुनामीको खतरा ! जापानको आणविक प्राधिकरणले तटीय क्षेत्रमा अवस्थित आणविक उर्जा केन्द्रमा कुनै अनियमितता नभएको बताएको छ । यसमा कान्साई इलेक्ट्रिक पावरको ओही र फुकुई प्रान्तको ताकाहामा आणविक पावर प्लान्टहरूमा पाँच सक्रिय रिएक्टरहरू पनि समावेश छन्। सोमबार जापानमा ९० मिनेटमा ४.० वा सोभन्दा बढी म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको थियो । भूकम्पको तीव्रता रिक्टर स्केलमा ७.६ मापन गरिएको थियो । समुन्द्रमा उच्च छाल आएपछि देशको उत्तर-पश्चिमी तटीय क्षेत्रमा सुनामीको चेतावनी जारी गरिएको छ र यहाँबाट मानिसहरूलाई बाहिर निकालिएको छ। जापानको मौसम विभागले इशिकावा प्रिफेक्चरको नोटो शहरमा ठूलो सुनामीको चेतावनी जारी गरेको छ, जसमा करिब ५ मिटर अग्लो छालहरू आउन सक्ने अनुमान गरिएको छ। भूकम्पका कारण ३४ हजार घरमा विद्युत् आपूर्ति बन्द भएको छ । भूकम्पका कारण सडकमा ठूला दरारहरू परेकाले मध्य जापानका धेरै प्रमुख राजमार्गहरू बन्द गर्नुपरेको थियो। फुकुई प्रीफेक्चर (फुकुई प्रीफेक्चर जापानको होन्सु टापुको एक हिस्सा हो) को अग्नि विभाग र स्थानीय स...